‘अवरुद्ध संसद् सुचारु गर्न एमाओवादी सकारात्मक’

75
  •  
  •  
  •  

मोरङ ५ असोज । संचारमन्त्री डा. मीनेन्द्र रिजालले अवरुद्ध व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एमाओवादी सकारात्मक भएको बताएका छन् । मन्त्री रिजालले आइतवार विराटनगरमा पत्रकारसँग कुरा गर्दै एामओवादी सकारात्मक रहेका कारण अवरुद्ध संसद् चाँडै सुचारु हुने दाबी गरे ।

पूर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुन विराटनगर पुगेका मन्त्री रिजालले अवरुद्ध संसद् सुचारु गर्न अमेरिका जानुअघि नै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेकाले अवरुद्ध संसद् चाँडै खल्ने दाबी गरे ।

सरकार गठनअघि भएको चारबुँदे सहमति कायम गर्न सरकार प्रतिबद्ध रहेकाले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषयलाई प्रतिष्ठाको विषय बनाउन नहुने मन्त्री रिजालको भनाइ छ । उनले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सरकार तयार रहेको पनि बताए ।


  •  
  •  
  •