पप स्टार रिहाना नयाँ लुक्समा देखिएकी छन् । इस्टाग्राम तथा ट्वीटरमा हालै सार्वजनिक गरिएको तस्बिरमा उनी नयाँ लुक्समा देखिएकी छन् । फ्यानलाई ‘नयाँ उपहार’ भन्दै रिहानाले तस्बिर सार्वजनिक गरेकी हुन् । सार्वजनिक तस्बिरमा उनको अन्दाज अहिले सम्मकै अलग देखिएको छ ।
हालै वोग म्यागजिनका लागि एक टपलेस फोटो शूट गराएकी रिहानाले तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी हुन् । तस्बिरमा रिहानाले छोटो स्कट लगाएकी छन् । आफ्नो वक्ष दुई हातले लुकाएकी छन् । उनको तस्बिरहरू विभिन्न कोणबाट लिइएका छन् ।
बोल्ड अन्दाजमा देखिएकी गायिका रिहाना केही समय पहिले बास्केटबल म्याचका क्रममा गोप्य अंग देखिएका कारण विवाद र चर्चामा छाएकी थिइन् ।
उता, मोवाइलबाट लगातार उनलाई धम्किपूर्ण सन्देश पनि आएको समाचारमा जनाइएको छ । सोही कारण उनी तनावमा थिइन् । उनलाई धम्की दिने व्यक्तिलाई अमेरिकाको न्यूयोर्कबाट पक्राउ समेत गरिएको छ । रिहानालाई धम्की दिनुको कारण समाचारमा खुलाइएको छैन ।