शाखा विस्तारको योजनामा रिद्धीसिद्धी

300
  •  
  •  
  •  

काठमाडौं,७ साउन (ओएनएस)  : श्री रिद्वि सिद्वि ज्वेलर्सले नेपालभर आफ्नो शाखा (फ्रेञ्चाइजीज) विस्तार गर्ने भएको छ । साथै नेपाली गहनालाई विश्व बजारमा उपस्थिति गराउने उद्देश्यका साथ अमेरिका, वेलायतलगायत अन्य मुलुकमा समेत ‘फ्रेञ्चाइजीज पार्टनर’ खोज्ने काम सुरु गरिएको प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार गुप्ताले बताए ।

IMG_3970 copy

‘यो वर्षबाटै शाखा विस्तारको काम सुरु गर्ने छौं’ उनले भने । नेपाली गहनाको निर्यातलाई बढावा दिइ विदेशी मुद्रा आर्जन तथा स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरमा शाखा विस्तार गर्न लागेको उनले जानकारी दिए ।

उनी कम्पनीका अन्य प्रतिनिधि मण्डलका साथ भारतको मुम्वइमा आयोजित इण्डीयन इण्टरनेशलन ज्वेलरी शो २०१४ मा भाग लिइ फर्केका हुन् । सो क्रममा विश्वका चर्चित संस्थासँग विदेशमा शाखा विस्तारमा सहकार्यका लागि कुरा भएको उनले जानकारी दिए ।


  •  
  •  
  •