रिद्धि सिद्धि र झरनाको सहकार्यमा नेफ्टा फिल्म अवार्ड

102
  •  
  •  
  •  

नेपाली चलचित्र क्षेत्रको नेफ्टा फिल्म अवार्ड  यो बर्ष रिद्धि सिद्धि फिल्म अर्वाडका रुपमा संचालनमा आउने भएको छ ।  राजधानीको पाँचतारे होटलमा गरिएको एक कार्यक्रमका विच रिद्धि सिद्धिका सिइओ नरेन्द्रप्रसाद गुप्ताले सो घोषणा गरेका हुन् ।

पाँचौ पटक नेपालमा गरेर अघिल्लो वर्ष मलेसियामा सम्पन्न गरिएको अवार्ड वितरण कार्यक्रम यसपटक हङकङमा हुने भएको छ । जसको नाम ‘रिद्धि सिद्धि सातौँ नेफ्टा फिल्म अवार्ड’ रहनेछ । यो अवार्ड विदेशी भुमीमा सम्पन्न हुनु सम्पुर्ण नेपालीकै लागी गौरवको कुरा रहेको कार्यक्रममा प्रमुख अतिथि बनेर आएका सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले बताए । उनले कार्यक्रममा सहभागी हुन आएको निम्तोलाई सकरात्मक रुपमा लिँदै सम्भव भएछ भने सहभागी हुने आश्वासन दिए ।

नेपाल चलचित्र प्राविधिक संघको यो अवार्डलाई यसपटक सुनिल कुमार थापा फिल्म प्रोडक्सनले पनि सहकार्य गर्ने भएको छ ।


  •  
  •  
  •