जेफ बेजोस विश्वकै धनी, ट्रम्प २ सय २२ औं स्थानमा, कति औं स्थानमा नेपालका विनोद चौधरी

388
  •  
  •  
  •  

२३ फागुन : सन् २०१८ मा अमेजनका मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी अर्बपतिको रुपमा देखिएका छन् ।

सबैभन्दा धनाढ्य कहलिएका माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सलार्इ पछि पार्दै विश्वका अर्बपतिहरूको सूचीमा जेफ बेजोस पहिलो नम्बरमा आएका हुन् । हाल उनको सम्पत्ति १ सय १२ बिलियन डलर छ र यो गत वर्षको भन्दा ३९.२ बिलियन बढी हो ।

फोर्ब्स म्यागनिजका अनुसार विल गेट्सको भने कुल ९० बिलियन डलर सम्पत्ति रहेको छ । विगतका २४ वर्षहरूमा १८ वर्ष उनी पहिलो नम्बरमा पर्न सफल भएका थिए । तेस्रो स्थानमा भने कुल ८४ बिलियन सम्पत्तिसहित वारेन बफेट रहेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ औं स्थानमा धकेलिएका छन् । फोर्ब्स म्यागनिजका अनुसार राष्ट्रपति ट्रम्पको सम्पत्ति ३.५ बिलियन डलरबाट घटेर ३.१ बिलियन डलर भएको छ ।

त्यस्तै नेपालबाट पछिल्ला केही वर्षमा विनोद चौधरी लगातार अर्बपतिहरूको सूचीमा पर्दै आएका छन् । गत वर्षको भन्दा पाँच स्थान माथि उक्लिंदै यस पटक उनी १ हजार ५६१ औं स्थानमा छन् ।

उनको सम्पत्ति १.५ बिलियन डलर अर्थात १ अर्ब ५० करोड रहेको फोर्ब्सले जनाएको छ । गत वर्ष उनी १ हजार ५६७ औं स्थानमा थिए र उनको सम्पत्ति १.३ बिलियन डलर अर्थात १ अर्ब ३० करोड थियो । एक वर्षमा उनको सम्पत्ति २० करोडले वृद्धि भएको देखिएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा २ हजार २०८ अर्बपतिहरू सूचीकृत भएका छन् ।


  •  
  •  
  •