रुपन्देहीमा धान उत्पादन ११प्रतिशतले घट्ने

207
  •  
  •  
  •  

रुपन्देही, १९ कार्तिक (ओएनएस) :प्लटिङ र केही स्थान बाझो भएकाले रुपन्देहीमा यस बर्ष धान उत्पादन घट्ने भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार यस बर्ष धान उत्पादन ११ प्रतिशतले घट्ने छ ।

आर्थिक बर्ष ०७०\०७१ मा रुपन्देही जिल्लामा ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ३ लाख ५२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
जसबाट प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो ।
यसबर्ष ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ३ लाख ३२ हजार २ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । जसबाट ४दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने अनुमान गरिएको छ ।

यो तथ्यांकबाट अघिल्लो आर्थिक बर्षको तुलनामा ११.१४९ प्रतिशत धान कम उत्पादन हुने भएको छ । भने अघिल्लो बर्षको तुलनामा १.२७७ प्रतिशत क्षेत्रफल घटेको छ । कृषि विकास कार्यालय रुपन्देहीको तथ्याङ अनुसार कुल खेति योग्य जमिनको ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

 


  •  
  •  
  •