भारतबाट साढे २ अर्वको चामल आयत

160
  •  
  •  
  •  

काठमाडौं ६ कात्तिक(ओएनएस) : नेपालमा भारतबाट दुई महिनामा साढे २ अर्वको चामल आयत हुने गरेको छ । गत साउन र भदौमा मात्र भारतबाट २ अर्ब ६६ करोड रुपैयाँको चामल आयात भएको हो ।
यससँगै भारतसँगको आयात व्यापार १९ दशमलव १ प्रतिशतले बढेर ८२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा चामलको माग बढेकोले भारतसँगको आयात व्यापार बढेको नेपाल राष्ट्र बैंकद्वारा जारी चालू आर्थिक बर्ष २०७१र७२ को पहिलो २ महीनाको बाह्य व्यापारको तथ्याङ्कमा उल्लेख छ ।

तथ्यांकले भारतकेन्द्रित नेपालको बाह्य व्यापार तेस्रो मुलुकतर्फ बढ्न सक्ने सङ्केत देखिएको छ । चालू आवको पहिलो २ महीनाको बाह्य व्यापारको तथ्याङ्कअनुसार तेस्रो मुलुकमा नेपालको निर्यात तथा आयात दुवैमा केही मात्रामा सुधार आएको छ ।
तर, भारत र चीनमा हुने निर्यात व्यापारमा अपेक्षित सुधार आउन नसकेको तथ्यांकमा उल्लेख छ । त्यस्तै आयात व्यापारमा पनि केही कमी आएको छ ।

तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो २ महीनामा नेपालबाट भारत र चीनबाहेकका मुलुकमा हुने निर्यात ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो दुई महिनाको तुलनामा शून्य दशमलव ५ प्रतिशतले बढी हो ।
सोही अवधिमा तेस्रो मुलुकबाट हुने आयातमा १८ प्रतिशतले बृद्वि भएको छ ।

तेस्रो मुलुकबाट हुने आयात २९ अर्ब ७१ करोड रुपैयाँ पुगेको हो ।
यता भारततर्पm हुने निर्यात व्यापार भने ७ दशमलव ६ प्रतिशतले घटेर रू ८ अर्ब ७६ करोड पुगेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै साउन र भदौमा चीनमा जम्मा २० करोड रुपैयाँको वस्तु मात्र निर्यात भएको छ ।

चीनमा रुद्राक्ष, ऊनी गलैंचा र तयारी पोशाकको माग बढी छ । तर, आर्थिक वर्षको २ महीनामा नेपालको कुल व्यापारघाटा भने १ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।


  •  
  •  
  •