खाद्यको गोदाममै थन्कियो चामल

480
  •  
  •  
  •  

काठमाडौँ, २२ वैशाख : नेपाल खाद्य संस्थाले चामल विक्री गर्ने उद्देश्यका साथ किसानबाट धान खरिद गरेपनि चामल विक्री गर्न सकेको छैन।

खाद्यले गत हिउँमा २ लाख २५ हजार क्विन्टल धान खरिद गरेकोमा उसको चामलको भाउ बजार मूल्यभन्दा ३ देखि ४ रुपैयाँ बढी हुन पुगेपछि थन्किएको हो।

खरिद गरिएको धान कुटानी गर्दा करिब १ लाख ४० हजार क्विन्टल चामल हुने भएपनि बजारभन्दा महंगो हुने देखिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए।

धनगढीमा खाद्यको चामलको मूल्य प्रतिक्विन्टल मोटा चामल ४१ सय ७८ रुपैयाँ, महेन्द्रनगरमा ४१ सय २६ रुपैयाँ, नेपालगन्जमा ४ हजार ७६रुपैयाँ छ । त्यस्तै, नेपालगन्जमा मध्यम चामल प्रतिक्विन्टल ४२ सय ९३ रुपैयाँ, लहानमा मोटा चामल ४१ सय ७३, वीरगन्जमा मध्यम ४१ सय ९९ रुपैयाँ, भैरहवामा ४३ सय ९० रुपैयाँ, बिर्तामोडमा ४३ सय ९ रुपैयाँ पर्छ ।

संस्थाले हिउँदे धान मोटाको न्यूनतम मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको थियो । संस्थानका अनुसार हाल संस्थानसँग पुरानै १ लाख ८० हजार क्विन्टल चामल स्टक छ ।


  •  
  •  
  •