गैंडाको खागसहित एक पक्राउ

151
  •  
  •  
  •  

पर्सा, २२ पुस (ओएनएस) : गैंडाको एक थान खागसहित पर्सा जिल्लाको बहुऔरी गाविस ८ बस्ने ५५ वर्षिय छोटेलाल साहलाई एपीएफ टोलीले पक्राउ गरेको छ ।

साहले स्थानीय बहुऔरी बजारमा खाग बिक्रीका लागि मानिस खोज्दै गरेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म पर्साबाट तत्कालै खटिएको एपीएफ टोलीले सोमबार साँझ साँढे ६ वजे खागसहित पक्राउ गरेको हो ।

विभिन्न किसिमका अवैध गतिविधि लगायतका आपराधिक कार्यमा उनको संलग्नता रहँदै आएको बताइएको छ ।

बहुऔरी गाविसको बहुऔरी बजारमा खाग बिक्री गर्न प्रयास गरिरहेको अवस्थामा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रविण कँडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले निज साहलाई खागसहित फेला पारेको हो ।

उनलाई बरामद खागसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय पर्सामा बुझाएको छ ।


  •  
  •  
  •