हेटौडामा गैँडा आतंक, एक महिलाको मृत्यु, ७ घाइते…(भिडियोसहित)

200
  •  
  •  
  •  

हेटौडा, १६ चैत(ओएनएस) : हेटौडामा गैडाको आक्रमणमा परी एक स्थानीय महिलाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर बिहान करिब ७:३० बजे हेटौडा बजारमा निस्किएको गैडाको आक्रमणमा हेटौडा ६ की ६१ वर्षीया हरिमाया दाहालको ज्यान गएको हो । गैडालाई अहिले पनि नियन्त्रणमा आईसकेको छैन् ।

rhino1उक्त गैडा हेटौडा अस्पताल हुँदै राप्ती नदी किनारमा बसिरहेको छ । गैडा पनि सामान्य घाइते अवस्थामा रहेको छ ।

गैडा नियन्त्रणमा लिनका लागी पर्सा वन्यजन्तु आरक्षबाट २ वटा हात्ति मगाइएको छ र ती हात्ती आइपुग्नका लागि करिब ३ घण्टा लाग्ने बताइएको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायत वन कार्यालयका कर्मचारीहरूका साथै सिडियो समेत उक्त स्थलमा रहेका छन् र गैडालाई नियन्त्रणमा लिने प्रयासमा रहेका छन् ।

गैडाको डरका कारण हेटौडा बजार नै आतंकित बनेको छ । निकै कम मात्र पसलहरू खुलेका छन् ।


  •  
  •  
  •