अपडेट : गैडा नियन्त्रण गर्न ४ हात्ती, फेरी अस्पताल भित्र छिर्यो…(भिडियोसहित)

259
  •  
  •  
  •  

rhinoअपडेट : हेटौडामा बिहानदेखी गैडाको आतंकबाट आतंकित हेटौडाबासीले अझै राहतको स्वास फेर्न पाएका छैनन् । बिहान करिब ७:३० देखी आतंक मच्चाउन थालेको गैँडाको नियन्त्रणका लागि पर्सा वन्यजन्तु आरक्षबाट आएका २ वटा हात्तीले प्रयास जारी राखेका छन् भने चितवन राष्ट्रिय निकुञ्जबाट समेत २ हात्ती आईरहेका छन् ।

अहिले गैँडा हेटौडा सामुदायीक आँखा अस्पतालको पछाडि रहेको झाँडीमा लुकेको छ तर, कुन स्थानमा उक्त गैँडा रहेको छ भन्ने अनुमान भने लगाउन सकिएको छैन् ।

हेटौडा, १५ चैत(ओएनएस) : हेटौडामा गैडाको आक्रमणमा परी एक स्थानीय महिलाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

rhino1चितवन राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर बिहान करिब ७:३० बजे हेटौडा बजारमा निस्किएको गैडाको आक्रमणमा हेटौडा ६ की ६१ वर्षीया हरिमाया दाहालको ज्यान गएको हो । गैडालाई अहिले पनि नियन्त्रणमा आईसकेको छैन् ।

उक्त गैडा हेटौडा अस्पतालको पछाडीको भाग अर्थात् राप्ति नदी किनारमा रहेको छ । गैडा पनि घाइते अवस्थामा रहेको छ ।

उक्त गैडालाई नियन्त्रणमा लिनका लागी पर्सा वन्यजन्तु आरक्षबाट २ वटा हात्ति मगाइएको छ र ती हात्ती आइपुग्नका लागि करिब ३ घण्टा लाग्ने बताइएको छ ।

गैडाको डरका कारण हेटौडा बजार नै आतंकित बनेको छ । निकै कम मात्र पसलहरू खुलेका छन् ।


  •  
  •  
  •