पूर्व प्रमुखसचिव खनालको निधन

102
  •  
  •  
  •  

काठमाडौँ, तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ ।

कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको काठमाडौँको कालिमाटी स्थित निवासमा मंगलबार साँझ निधन भएको हो ।

मधुमेह र दमको विरामी रही घरमै उपचाररत उनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

राजा महेन्द्रको पालामा दरबारको सेवामा प्रवेश गरेका खनाल विरेन्द्र राजा हुँदा प्रमुखसचिव भएका थिए ।

उनले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’. ‘नेपालको कानुनी इतिहासको रुपरेखा’. ‘विश्वका प्रमुख कानुन प्रणाली’ लगायतका पाठ्यपुस्तक लेखेका छन् ।

कानुन र साहित्य दुबै लेखनमा संलग्न खनालले मदन पुरस्कार समेत पाएका थिए ।

तनहुँमा जन्मिएका खनालको श्रीमती दुई छोरा र एक छोरी छन् । उनको तनहुँको देवघाटमा अन्त्येष्टी गरिनेछ ।


  •  
  •  
  •