भारतीय प्रधानमन्त्री विरुद्ध माओवादी लगायत ३३ मोर्चा बिरोधमा उत्रिने

149
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस)  :  नेकपा (माओवादी) नेतृत्वको ३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने दिन विरोध सभा गर्नेभएको छ । माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आइतबार बसेको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको हो।

माओवादी नेता सुरेश आलेमगरका अनुसार १७ गतेसम्म वालपेन्टिङ, गोष्ठीसहितका कार्यक्रम हुनेछ भने मोदी नेपाल आउने दिन साउन १८ गते शान्तिबाटिका विरोध सभा गरिनेछ । ३३ दलको बैठकमा उर्जा व्यापार सम्झौता भए १९ गते उपत्यका आहृवान गर्नेसम्मको आन्दोलनका कार्यक्रमबारे समेत छलफल स्रोतले बतायो ।


  •  
  •  
  •