संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष सुब्बा एमालेमा फर्किदै

460
  •  
  •  
  •  

काठमाडौं २९ साउन (ओएनएस) : एमाले छाडेर संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बा फेरि एमालेमै फर्किने भएका छन् । उनीसहितका दुई दर्जन नेता कार्यकर्ता आज एमालेमा नै फर्किन लागेको एमालेले जनाएको छ ।

एमालेले आज दिउँसो पार्टी कार्यालय बल्खुमा विशेष कार्यक्रम गरेर पार्टीमा फर्काउदै छ । नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।

सुब्बासहित संघीय समाजवादी पार्टीका सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकीसहित दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा फर्कने कार्यक्रम रहेको एमाले सचिव एवं कार्यालय सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेका अधिकांश नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै ०६९ साल मंसिर ७ गते संघीय समाजवादी पार्टी गठन गरेका थिए । अब अध्यक्ष अशोक राई एक्लै पर्ने सम्भावना देखिएको छ ।


  •  
  •  
  •