मलेसियाबाट ३ सय ७७ नेपाली फर्काइए

117
  •  
  •  
  •  

प्रधानमनत्री कोइराला आज न्यूयोर्क जादै
काठमाडौं ३ असोज ।
दुई वर्षका लागि मलेसिया गएका रुकुमका रमेश थापा चार महिना नपुग्दै बिहीबार राति नेपाल आइपुगे। डेढ लाख तिरेर मलेसिया पुगेका उनी भनेअनुसार काम र तलब नपाएपछि कम्पनी छाडेर भागे। त्यसपछि लुकिछिपी बस्दै आएका थिए।
मलेसियामा कम्पनी छोडेर गैरकानुनी हैसियतमा रहेका ३ सय ७७ नेपाली कामदारलाई बिहीबार श्रम तथा रोजगार मन्त्रालयको पहलमा विमान चार्टर गरेर नेपाल ल्याइएको छ। थापा तिनैमध्येका हुन्।
‘९ सय रिंगेट तलब हुन्छ भनेर गएको, ६ सय पनि दिइएन, त्यही पनि दुई महिनासम्म पाइएन,’ थापाले भने, ‘प्याकिङको काम भनिएको थियो, फलाम उचाल्ने काममा लगाइयो।’

बरु नेपालमै दुःख गरेर दसैं मनाउने सोचले आएको उनले बताए। भने, ‘दलालले फसायो।’
सुर्खेतका गोबर्द्धन गुरुङको परिवार दसैंमा छोराले पैसा पठाउला भन्ने आसमा थियो तर गोबर्द्धन भने रित्तोहात काठमाडौं उत्रिएका छन्। ‘दसैं त एक छाकमै मनाउँला तर मलेसियाको दुःखले बस्नै सकिएन,’ उनले भने। उनी पनि कम्पनीको फरक काम र तलबकै पीडित हुन्।

मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता गर्ने अभियानअन्तर्गत बिहीबार एयर एसियाको विमान चार्टर गरेर एकैचोटि ३ सय ७७ जनालाई ल्याइएको हो। नेपाली राजदूतावासले एक महिनाअघि कोपेरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन अभियान थालेको थियो। गत महिना मलेसियाका मानव संशाधनमन्त्री डाटुक रिचर्ड जाइम नेपाल भ्रमणमा आएका बेला श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियामा रहेका गैरकानुनी कामदारलाई सहज रुपमा नेपाल फिर्ता गराउन आग्रह गरेका थिए। नागरिकबाट


  •  
  •  
  •