उडानबाट अवकास पाएको विमानभित्र शानदार होटेल…(तस्विरसहित)

523
  •  
  •  
  •  

विश्वमा अचम्म-अचम्मका होटेलहरू छन् । होटेलहरू यस्तो ठाऊँ र अवस्थामा छन् भन्दा हामीलाई विश्वास गर्न पनि गाह्रो हुन्छ । कुनै होटेल पानीभित्र छन् त कुनै होटेल रूखमाथी छन् ।

त्यस्तै, अर्को अनौठो होटेल पनि बनेको छ, जुन उडान नगर्ने एक विमानमा निर्माण भएको छ । सन् २००८ देखी उडान गर्न छाडेको एक विमानभीत्र होटेल निर्माण गरिएको छ ।

यो घटना हो स्विडेनको । उडान गर्न छाडेपछि उक्त विमानलाई नष्ट गर्नुको साटो विमानभित्र नै होटेल निर्माण गरिएको छ । बोइंग जम्बो जेट ४५७ मा ३३ वटा कोठा छन् भने अन्य सुविधाहरू पनि रहेका छन् । उक्त विमानको ककपिटलाई बाथरूम बनाइएको छ । आराम गर्नका लागि निकै ठूलो र शानदार ठाऊँको पनि व्यवस्था गरिएको छ । होटेलमा एक रहनका लागि ३ सय २० डलर तिर्नुपर्ने हुन्छ ।

जम्बो स्टे होटेल स्वीडेनको स्टकहोम अर्लाण्डा एयरपोर्टभन्दा २० मिटर पर रहेको छ । यहाँसम्म ट्याक्सीमा जान सकिन्छ । व्यापारी अस्कर डीओसले यस अवकास भएको विमानको होटेल निर्माण गर्नका लागि करिब १.५ मिलियन डलर खर्च भएको थियो । विमानलाई होटेलको जस्तो लुक दिनका लागि ६ महिनाको समय लागेको थियो ।

retired-boeing-jet-become-hotel retired-boeing-jet-become-hotel1 retired-boeing-jet-become-hotel2 retired-boeing-jet-become-hotel3 retired-boeing-jet-become-hotel4 retired-boeing-jet-become-hotel5


  •  
  •  
  •