कतिले सुनको भाउ बढ्यो?

373
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।


  •  
  •  
  •