नतिजा प्रकाशित

394
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस)  नेपाल प्रहरीमा रिक्त रहेको प्राविधिक प्रहरी नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदको विभिन्न समूहको खुल्ला प्रतियोगिताको नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयबाट गत मंसिर १० गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई नेपाल प्रहरी अस्पतालमा संचालित बिशेष स्वास्थ्य परिक्षण परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जवनाएको छ । उत्तिर्ण उम्मेदवारहरुको साउन २१ गते प्रहरी प्रधान कार्यालयमा अन्तर्बार्ता परीक्षा संचालन हुने र उक्त नजिता तथा अन्तर्बार्ता परीक्षा सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाईट www. nepalpolice.gov.np  मा र प्रहरी प्रधान कार्यालयको सूचनापाटीमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग भर्ना तथा छनौट शाखाले जनाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


  •  
  •  
  •