१२ को नतिजा सार्वजनिक

127
  •  
  •  
  •  

भक्तपुर १२ असोज (ओएनएस) कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ३९ दशमलव ४ प्रतिशत र आंशिक तर्फ २९ दशमलव ९९ प्रतिशत विद्यार्थी उत्र्तीण भएका उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ ।

परीक्षामा सहभागि मध्ये नीयमित तर्फ ७४ हजार ७ सय ६४ र आँशिक तर्फ ४० हजार ८ सय २९ जना उत्र्तीण भएका छन् । शिक्षा, मानविकी र ब्यवस्थापनमा नीयमति तर्फ १ लाख ९१ हजार ४ सय ९६ र आँशिक तर्फ १ लाख ३६ हजार १ सय ५५ जना विद्यार्थी सहभागि थिए । परीक्षामा नीयमित तर्फ ९९ जना र आँशिक तर्फ १ सय ४ जनाको परीक्षा रद्ध गरिएको छ । यस्तै नीयमति तर्फ २२ र आँशिक तर्फ १८ जनाको परीक्षा स्थगित गरिएको छ ।

समयमै परीक्षाफल प्रकाशित गर्न नसकेको भन्दै चौतर्फि आलोचना खेपेको परिषद्ले ईतिहासमै सबै भन्दा ढिलो परीक्षाफल प्रकाशित गरेको हो । परिषद्ले समयमा परीक्षाफल प्रकाशित गर्न नसकेको मार स्नातक पढ्ने विद्यार्थीले खेप्नु परीरहेको छ । परीक्षाफल प्रकाशन लगत्तै दशैँ विदा परेकोले विद्यार्थीले आवश्यक कागजात तयार गर्न नसक्ने पक्का भएको छ । यसले खास गरी विदेश पढ्न जान चाहने विद्यार्थीलाई थप मार परेको छ ।

०६८ सालमा साउन १९, ०६९ सालमा साउन ७ र ०७० सालमा साउन २९ गते परिक्षाफल प्रकाशित भएको थियो । पोहोर सबै विषयको परीक्षाफल प्रकाशित गर्दा विद्यार्थी र अभिभावकले असोज ९ गते सम्म कुर्नु परेको थियो । परीक्षाफल प्रकाशनमा ढिलाई गरेर परिषद्ले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै अभिभावक संघले स्वरुप परिषद् कर्मचारीलाई घाँस समेत हालेका थिए ।

अभिभावकको घाँस बुझ्दै परिषद् कर्मचारीले ९ गते भित्र जसरी पनि नतिजा सार्वजनिक गर्ने बताएका थिए । यस अघि पनि चौतर्फि विरोध भएपछि मात्रै परिषद्ले गएको भदौ १४ गते विज्ञान विषयको नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ को परीक्षा गएको बैशाख १९ गतेदेखि ३० गते सम्म भएको थियो ।\

नतिजा थाह पाउन यहाँ http://www.hseb.edu.np/ क्लिक गर्नुहोस् 


  •  
  •  
  •