सुन्धाराको गुलाब मिठाइ रेस्टुरेन्टमा आगलागी

291
  •  
  •  
  •  

Nepal Live

काठमाडौं, ७ चैत (अाेएनएस) : काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसल रहेको भवनमा आगो लागेको छ। पसलको बेसमेन्टबाट सुरु भएको आगोले रेस्टुरेन्ट जलेको छ।

प्रहरीका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगालागीको कारण खुल्न सकेको छैन। आगालागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको उक्त भवनमा लागेको आगोले लाखाैकाे क्षति भएकाे छ।


  •  
  •  
  •