प्रमुख अतिथी बन्न नपाएको झोकमा सभाषद् तोडफोडमा

115
  •  
  •  
  •  

म्याग्दी, २८ पुस(एजेन्सी) : बेनी नगरपालिकाको दोस्रो परिषदमा आफूलाई प्रमुख अतिथी नबएको भन्दै दलबलसहित पुगेका नेपाली कांग्रेसका सभासद रेशमबहादुर बानियाँले तोडफोड गरेका छन् ।

मनोनित सभासद तथा म्याग्दी कांग्रेसका सभापति बानियाँले सोमबारबाट सुरू भएको नगरपालिकाको दोस्रो परिसदमा आफूलाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै परिसदमा माइक तथा कूर्चीहरू तोडफोड गरेका छन् । उनले सबै सभासदको हैसियत बराबर भएको भन्दै दलबलसहित परिषदमा प्रवेश गरी ड्यासको माइक फ्याक्नुका साथै नगर प्रमुखलाई हातपातको प्रयास समेत गरेका थिए ।

परिषदको उद्घाटन भइ आव ०७२/०७३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भै शुभकामना मन्तब्यको कार्यक्रम चलिरहेको अवस्थामा आक्रमण भएको थियो । परिषदमा आक्रमण गर्न सभासद एवं सभापति बानियाँ, उपसभापति एवं संविधान सभा निर्वाचनका प्रत्यासी खमवीर गर्वुजा, सचिव माधव रेग्मीसमेत कार्यकर्ता थिए ।

नगरपालिकाका सदस्यको भूमिकामा रहेका दलका प्रतिनिधीहरू रहेको नगरस्तरिय सल्लाहकार समितिले परिषदमा जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद नवराज शर्मालाई प्रमुख अतिथि र समानुपातिकका नरदेवी पुन र मनोनित तर्फका बानियाँलाई विशिष्ट अतिथि बनाउने निर्णय गरेको थियो ।


  •  
  •  
  •