काठमाडौँ, ८ बैशाख(ओएनएस) : राप्रपा नेपालले संघीय मामिला एवं स्थानीय विकास सहायक मन्त्रीमा रेशम लामालाई नियुक्त गर्न सिफारिस गरेको छ ।
पार्टी हित विपरित गतिविधि गरेको, मन्त्री पदको दुरूपयोग गरेको, पार्टी एकताविरूद्व गतिविधि गरेको आरोपमा सहायक मन्त्री विराट विष्टको ठाउँमा लामालाई नियुक्त गर्न सिफारिस गरिएको हो । राप्रपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेर लामाको नाम सिफारिस गरेको हो । लामालाई प्रधानमन्त्री ओलीले नियुक्त गरेर सपथ गराउन बाँकी छ ।
मन्त्रीमा सिफारिस गरिएका लामा काठमाडौँ बाहिर गएका छन् र प्रधानमन्त्रीले पनि विष्टलाई पदमुक्त गरेका छैनन् । काठमाडौँ फर्किएपछि मात्र प्रधानमन्त्रीले लामालाई सपथ ग्रहण गराउने बताइएको छ ।
राप्रपा नेपालका समानुपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष पनि हुन् ।