विराट विष्ट पदमुक्त, सहायकमन्त्रीमा रेशम लामा नियुक्त

192
  •  
  •  
  •  

काठमाडौँ, १५ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराट विष्टलाई पदमुक्त गरी रेशम लामालाई नयाँ सहायकमन्त्रीमा नियुक्त गरेका छन् ।

राप्रपा नेपालले मन्त्री विष्टलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री ओली समक्ष विष्टलाई पदमुक्त गर्ने प्रस्ताव पठाएको थियो । साथै बिष्टको ठाउँमा लामालाई सहायकमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेको थियो ।


  •  
  •  
  •