रेशम चौधरीको उपचार साङ्लोमै बाँधेर

218
  •  
  •  
  •  

काठमाडौं, १ चैत : आमरण अनशन तोड्न नमानेका साँसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।

काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई साङ्लो लगाएर गोडामा बाँधेर उपचार गरिएको खबर जनता पाेस्टमा खबर छ।

लामो समयदेखि अनशनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि हालै वीर अस्पताल ल्याइएको थियो।

चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर सांसदमा विजयी भएका थिए। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा उनलाई साङ्लोमा बाँध]र राखिएको खुलेको थियाे।

साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आक्रोश पोखेका थिए। ‘हामी आउदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो परोक्षमा चौधरीको कस्ताे व्यवहार भइरहेको छ?’ भन्दै ठाकुले प्रधानमन्त्री ओलीलाई फोनमा आक्रोश पोखेका थिए।

 


  •  
  •  
  •