काठमाडौ, २८ मंसिर(एजेन्सी) : इन्डोनेसियाको जावा प्रान्तमा भारी वर्षाका कारण गएको पहिरोमा एक गाउँका १ सय २० भन्दा बढि मानिस पहिरोमा पुरिएका छन् ।
गत शुक्रबार राती गएको पहिरोमा पुरिएका २० जनाको शव निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरुले जनाएका छन् । यता उद्धारकार्यका लागि कुनै मेशिन पुगेको छैन् र उद्धारकर्मीहरुले मानिसहरूलाई बचाउन सक्ने सम्भावनामा हातैले पहिरो हटाइरहेका छन् ।