लिवियामा अलपत्र परेका १५ नेपालीकाे उद्धार

350
  •  
  •  
  •  

काठमाण्डौ- अवैध मार्गबाट इटली लैजाने प्रलोभन देखाउँदै युद्धग्रस्त देश लिविया पुर्‍याइएका १५ जना नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।

इटली जाने भनेर नेपाली एजेण्टहरुबाटै गएका उनीहरुलाई एजेण्टले लिवियामा पुर्‍याएर अलपत्रमा छाडेका थिए । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई दूतावासको पहलमा उद्धार गरेर अन्तर्राष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

उद्धार हुनेहरुमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की रहेका छन् । उनिहरुलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइओएम) राखिएको दूतावासले जनाएको छ ।

यस्तै एक साताअघि पनि दूतावासले सात जनालाई लिवियाबाट उद्धार गरेर नेपाल पठाएको थियो ।


  •  
  •  
  •