काँकरभिट्टा नाकाबाट ४ सय ५८ युवतीको उद्धार

100
  •  
  •  
  •  

झापा, ९ चैत (ओएनएस) :  भारतसँग सीमा जोडिएको पूर्वी नाका काँकरभिट्टाबाट एक वर्षको अवधिमा ४ सय ५८ युवतीको उद्धार गरिएको छ ।

पूर्वी नाका हुँदै भारत तथा अन्य मुलुकका लागि लगिदै गरिएका युवतीलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको विश्व सेवा विस्तार संस्थाले जनाएको छ ।

२०१७ को जनवरीदेखि मार्चसम्म २७ युवती तथा किशोरीको उद्धार गरिएको शाखा अध्यक्ष तरुण राईले बताए ।उद्धार गरिएकामा सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, सुनसरी, धनकुटा साथै झापा जिल्लाका ग्रामीण भेगका युवती रहेका छन् ।

विशेषत नेपालमा गएको भूकम्प र त्यसपछिको अवस्थामा झन् मानवबेचविखनका घटना बढ्दो क्रममा रहेको उनले बताए ।


  •  
  •  
  •