अनशनरत सा‌ंसद रेशम चौधरी बेहोस, उपचारका लागि अस्पताल भर्ना

391
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : राजपा नेपालका जेलमै अनशनरत सांसद सा‌ंसद रेशम चौधरी बेहोस भएका छन्।
गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत चौधरीलगायत केही थुनुवाहरू अस्पताल भर्ना भएका छन् ।

करागारका अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यका जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टले बताए।

तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो ।

आज पनि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको टोली कारागार पुगेको थियो । मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका दीपक ध्वजजंग कार्कीले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक अधिकार भएकोले राज्य संवेदनशील हुनुपर्ने बताए ।

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन्


  •  
  •  
  •