अन्तत: रेशम चौधरीलार्इ काठमाडौं ल्याइयाे, वीर अस्पतालमा भर्ना

281
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : टीकापुर घटनाका मुख्य अाराेपी तथा राजपा सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइएको छ।

जिल्ला कारागार कैलालीमा अनशनरत चौधरीकाे स्वस्थ्य अवस्था गम्भीर भएपछि छैठाेँ दिनमा उनलाई थप उपचारका लागि काठमाडौंमा ल्याइएको प्रहरीले जनाएकाे छ।

बुद्ध एयरको विमानबाट काठमाडौं आइपुगेका चाैधरी अहिले वीर अस्पतालको अाकस्मिक कक्षामा भर्ना भएका छन्।

अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकहरुले काठमाडौंको वीर अस्पताल रिभर गरेका थिए।
आज साँझ ६:५० मा विमानस्थलमा आइपुगेका उनलाई ७ बजे अस्पतालको आकस्मिक कक्षामा भर्ना गरिएको हाे।
तीनबुँदे माग राखी चौधरीसहतिका थुनुवाले फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत शुरु गरेका थिए ।

  •  
  •  
  •