चौधरीको रिहार्इ माग्दै थारु कल्याणकारिणीसभाले थाल्याे चरणवद्ध आन्दोलन

300
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : राजपा नेपालका सांसद रेशम चौधरीको रिहाई माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले सोमबारदेखि आन्दोलन गर्न लागेको छ। कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको आरोपमा चौधरी अहिले प्रहरीको नियन्त्रणमा छन्।

कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीलाई रिहा गर्नुपर्ने र सांसद्को प्रमाणपत्र दिनुपर्ने माग राखी कल्याणकारिणीले चरणबद्ध आन्दोलन गर्ने बताएको छ।

विरोधसभा, प्रदर्शन, मसाल जुलुस, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम कल्याणकारिणी सभाले सार्वजनिक गरेको छ।

चैत १० गते सम्म पहिलो चरणको आन्दोलन गर्दा सुनुवाइ नभए थप शसक्त आन्दोलन गर्ने थारु काल्यणकारिणीसभाले जनाएको छ।
कैलाली जिल्ला कारागारमा आमरण अनशनमा थालेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिँएपछि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट रेफरु गरी काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ।

चौधरीलाई कर्तव्‍य ज्यान, डाँका–चोरी, ज्यान मार्ने उद्योग गरी ३ वटा मुद्दा जिल्ला अदलालत कैलालीमा दर्ता भएको हो।


  •  
  •  
  •