रेशम चौधरीकाे माग बारे कैलाली कारागारमा सर्वपक्षीय वार्ता

384
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : कैलाली कारागारमा आमरण अनशनरत रहेका राजपा सांसद रेशम चौधरीको मागका बारेमा सर्वपक्षिय वार्ता भएको छ ।

वार्तामा अनशनरत चौधरीसहित थरुहट संघर्ष समितिका माधव चौधरी, प्रदेश सांसद वीरमान चौधरी, थारु कल्याणक सभाका प्रभात चौधरी, मालमती राना, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायत सरोकारवाला निकायका प्रमुखहरुकोसहभागिता रहेको थियो।

वार्तामा सहभागी राजपा नेपालका सांसद मालमती रानाले माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताएकी छन् । प्रमुख जिल्ला अधिकारी रिजालले चौधरीको मागप्रति प्रहरी प्रशासन गम्भीर रहेको र समस्या समाधानका लागि सकारात्मक रहेको भन्दै छलफल भइरहेको बताएका छन्।

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन्
तीनबुँदे माग राखी चौधरीसहतिका थुनुवाले फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत शुरु गरेका हुन् ।


  •  
  •  
  •