काठमाडौ, १९ माघ(एजेन्सी) : अमेरिकी राष्ट्रपति पदका उम्मेदवारका लागि भइरहेको चयन प्रक्रियामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिककी हिलारी क्लिन्टनले मंगलबार जर्जियामा प्राइमरी चुनावमा जीत हासिल गरेको छ । राष्ट्रपति पदका उम्मेदवारका प्रमुख दावेदार रहेका दुवैले मंगलबार २०१६ को चुनाव प्रसारको सबैभन्दा ठूलो भोटिङमा आफ्नो पार्टीबाट नोमिनेशन पक्का गर्ने प्रयासमा थिए ।
मंगलबार जर्जिया समेत कुल १२ वटा राज्यमा एक साथ चुनाव भएको थियो । प्रारम्भिक परिणाम अनुसार ट्रम्पले आफ्ना सबै प्रतिद्वन्द्वीहरू भन्दा अगाडि देखिएका छन् । ट्रम्पका लागि यो चुनाव जित्नका लागि आवश्यक यसकारण छ कि उनका पार्टीका धेरै नेताहरूले उनी भविष्यमा पार्टीका लागि फाइदाजनक नहुने बताएका छन् । भर्जिनिया र वेटमेन्टको एग्जिट पोलमा पनि रिपब्लिकन उम्मेदवार जीतको नजिक रहेको देखिएको छ ।
यता डेमोक्रेटिक पार्टीमा हिलारी क्लिन्टन भर्जिनियामा जितको नजिक पुगेकी छिन् तर, वेरमेन्टमा उनलाई युवा प्रतिद्वन्द्वी बर्नी सेन्डर्सले कडा टक्कर दिने भएका छन् ।
अहिलेसम्म चार राज्यमा प्राइमरी चुनाव भसकेको छ जसमा डेमोक्रेटिक पार्टीका लागि हिलारी क्लिन्टनले तीन राज्यमा जीत दर्ता गरेकी छिन् भने एक राज्यमा सेन्डर्सले जित हासिल गरेका छन् । यता रिपब्लिकन पार्टीमा पनि नजिता क्लिन्टनको जस्तै रहेको छ । ट्रम्पले पनि ३ मा जित र एकममा ट्रम्पका प्रतिद्वन्द्वी टेड क्रुजले जित दर्ता गरेका छन् ।
अमेरिकामा राष्ट्रपतिको चुनाव आगामी नोभेम्बर ८ मा हुनेछ । अहिलेसम्म आएको सर्वे परिणामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको विजय हुने सम्भावना बलियो देखिएको छ ।