१२ वर्षीय बालिका गर्भवती, जबरजस्ती करणीकाे आरोपमा एक पक्राउ

205
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : १२ बर्षीय बालिकालार्इ जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एकजनालार्इ पक्राउ गरेकाे छ।

बालिका बिरामी भएपछि जिल्ला अस्पतालमा उपचार गराउँदा गर्भ रहेकाे तथ्य पत्ता लागेपछि बालिका लामाे समयदेखि जबरजस्ती करणीकाे शिकार हुदैँ अाएकाे बारे खुलासा भएकाे हाे।

ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले घर नजिकैकाे युवकलाई पक्राउ गरेको हाे ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७, स्थायी घर भएर ताप्लेजुङको फुङलिङ नगरपालिका–२, मा बस्दै आएका ३३ वर्षीय रामकुमार राईलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

१२ वर्षकी बालिका (नाम परिवर्त सविना) लाई जवरजस्ती करणी गरेको पीडितले दिएकाे जाहेरीका आधारमा राइलार्इ पक्राउ गरिएकाे प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

परिवारकाे सहयाेगमा बालिकाले प्रहरीमा राई विरुद्ध जाहेरी दिएकी थिइन । पक्राउ परेका अभियुक्त राईमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

सिदीवा गाउँपालिका वडा नम्बर–७, स्थायी घर भएकी फुङलिङ नगरापलिका–२, मा बस्ने बालिकालाई गएको मंसिर १५ गते जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको जनाएको छ ।


  •  
  •  
  •