पत्रकार महासंघको अध्यक्षमा बिष्ट निर्वाचित

170
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख (ओएनएस) : नेपाल पत्रकार महासंघको अध्यक्षमा डा.महेन्द्र बिष्ट निर्वाचित भएका छन् । वामपन्थीहरुको संयुक्त व्यवसायिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका बिष्ट विजयी भएका हुन् ।
उनले प्रेस युनियनका तर्फबाट उम्मेदवार रहेका पोषण केसीलाई ८० मतअन्तरले पराजित गरे ।
त्यस्तै खुला उपाध्यक्षमा संयुक्त प्यानलका खिलबहादुर भण्डारी, समावेशी उपाध्यक्षमा युनियनकी अनिता विन्दु, महासचिवमा संयुक्त प्यानलका उजीर मगर विजयी भए ।
त्यस्तै खुला तर्फ सचिवमा प्रभात चलाउने विजयी भएका छन् । महिला तर्फको सचिवमा पनि संयुक्त प्यानलकै संगीता खड्का विजयी भइन् ।  पदाधिकारीमा विजयी हुनेहरु अनिता विन्दुबाहेक सबैमा संयुक्त प्यानलका हुन् ।
मतदानमा एक हजार ५ सय ४७ मत खसेको थियो ।
विजयी भएका केन्द्रीय सदस्य तर्फपनि वामपन्थीको संयुक्त प्यानलको बर्चश्व छ ।
प्राप्त नतिजा अनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरि सिलवालले जितेका छन् । पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् । मध्यमाञ्चलमा प्रगतिशील समूहका चिरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन् ।
पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् । कर्णालीमा प्रगतिशील प्यानलका नवराज महताराल जितेका छन् । सुदुरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन् ।
एशोसिएटतर्फ युनियनका उम्मेवार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज आचार्य र रोशन पुरी विजयी भए ।

  •  
  •  
  •