लगातार बालिका बलात्कार गर्ने पक्राउ

278
  •  
  •  
  •  

रुकुम, १८ भदौ : बलात्कार गरी एक बालिकालाई गर्भवती बनाएको आरोपमा रुकुमको गरायला–४ का ३६ वर्षीय भिमे ओली पक्राउ परेका छन् । घरनजिकैकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा ओलीलाई प्रहरीले पक्रेको हो । गत वैशाख २८ गते बालिकालाई बलात्कार गरिएको र हाल उनको पेटमा पाँच महिनाको बच्चा रहेको पुष्टि भएको बालिकाका अभिभावकले बताएका छन् ।

घरमा कोही नभएको मौका पारी बलात्कार गरिएको र त्यो कसैलाई भने मारेर फालिदिने भनेर धम्काउँदै हालसम्म पनि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेका प्रहरीले जानकारी दिएको छ ।

बलात्कार गर्दै आएकोे खबर पाउन बित्तिकै ओलीलाई नियन्त्रणमा लिएर अनुसन्धानको काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । ओलीको घरमा दुई श्रीमती रहेको र जेठी श्रीमतीसँग राम्रो सम्बन्ध नभएको कारण उनी कान्छी श्रीमतीसँगै बस्दै आएको बताइएको छ ।


  •  
  •  
  •