सामूहिक बलात्कार गर्ने पाँच ब्यक्ति जेल चलान

253
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : सामूहिक बलात्कार गर्ने पाँच ब्यक्ति पुर्पक्षका लागि जेल चलान भएका छन्। नाबालिकालाई सामूहिक बलात्कार गरेकाे अभियाेगमा उनीहरुलार्इ पुर्पक्षकाे लागि जेल चलान गरिएको हाे।

यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको प्रहरीले जनाएकाे छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको बताए।


  •  
  •  
  •