बलात्कारको आरोपमा पक्राउ

173
  •  
  •  
  •  

बनेपा, २५ भदौ : काभ्रेपलाञ्चोकमा बलात्कारका घटना बढिरहेकै बेला पुनः अर्का एक जना बलात्कारको आरोपमा पक्राउ परेका छन् । जिल्लाको जैसीथोक गाविस–१ बस्ने ३८ वर्षीय भरत सापकोटालाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उनले स्थानीय एक युवतीलाई डर, धम्की दिई बलात्कार गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । आरोपीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए । प्रहरीका अनुसार जिल्लामा पछिल्लो पटक हाडनाता करणीका घटना बढ्दै गएका छन् ।


  •  
  •  
  •