राजधानीमा झारफुककाे बहानामा युवती भइन् बलात्कृत

82
  •  
  •  
  •  

काठमाडौं,२७ साउन (ओएनएस) : राजधानीमै झारफुककाे बहानामा एक युवती बलात्कृत भएकी छिन्।– राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपालबाट युवतीले अाफु बलात्कृत भएकाे उजुरी प्रहरीमा दिएपछि घटनकाे खुलासा भएकाे हाे।

झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको छ ।

२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

तर झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।

मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाले जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसाद नेपाललाई हामीले पक्राउ गरेकाे पुष्टि गरे।
उनका अनुसार ‘ घट्नबारे थप अनुसन्धान भइरहेको छ ।’


  •  
  •  
  •