जबरजस्ती करणीकोे प्रयास गर्नेलाई जुत्ताको माला

220
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : कैलालीमा महिलालार्इ बलात्कार गर्न खोज्ने एक व्यक्तिलार्इ कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइएकाे छ।

स्थानीयबासीले बलात्कार गर्न खोज्ने कृष्णप्रसाद चौधरीलाई पक्राउ गरी कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । कैलारी गाउँपालिका–१, दक्षिण मन्झराकी सीता (नाम परिर्तन) लार्इ बलात्कार गर्न खोज्ने क्रममा भाग्न सफल भएपछि घटनाकाे खुलासा भएकाे हाे।चौधरीले गत २३ गते राति १२ बजेतिर सीतामाथि जबरजस्ती गर्न खोज्दा उनी पक्राउ परेका थिए ।

कामको सिलसिलामा श्रीमान बाहिर गएको मौका छोपी राति घरमा आएर आफूमाथि जबरजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छिन् । जबरजस्ती गर्न खोजेपछि उनले गुहार मागेपछि स्थानीयहरु आएर चैधरीलाई पक्राउ गरेका हुन् ।

चैत्र २४ गते गाउँका स्थानीय महिलाहरुले कालोमोसो साथै जुत्ताको माला लगाउनुका साथै दुईलाख दण्ड जरिवाना समेत गरेका थिए। आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने शर्तमा चाैधरीलार्इ छाेडिएकाे स्थानीयले बताएका छन् ।


  •  
  •  
  •