छोरी बलात्कार गर्ने पत्रकारलाई २० वर्ष जेल सजाय

116
  •  
  •  
  •  

काठमाडौं ५ पुस ।  नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय भएको छ ।

झापा जिल्ला अदालतका न्यायधीश रमेशकुमार खत्रीको एकल इजालसले झापा घर भएका पोखरेललाई हाडनाता, नाबालक र जबरजस्ती करणीमा जेल सजाय सुनाएको हो। अदालतले पीडकबाट चार लाख क्षतिपूर्ति बिगो भराउने समेत फैसला गरेको छ ।

२०७० असोज ०६ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गरेका थिए। पोखरेलले लामो समयदेखि आफ्नै छोरीमाथि यौन शोषण गरेको भन्दै उनकी श्रीमति र छोरीले प्रहरीसमक्ष उनी विरुद्ध किटानी जाहेरी दिएका थिए।

अदालतले गरेको फैसलाका बारेमा आफूलाई थाह नभएको पोखरेलका परिवारका सदस्यले जनाएका छन्। अदालतको फैसलाका बारेमा पोखरेलकी श्रीमतिसंग प्रतिक्रिया माग्दा उनले अदालतले आफ्नी छोरीमाथि आफ्नै बाबुले गरेको अत्याचारका लागि न्याय दिएको प्रतिक्रिया दिन्। उनले भनिन्, ‘अदालतले त्यस्तो फैसला सुनाएको हो भने त्यो स्वागत योग्य छ । हाम्रो परिवारमाथि अदालतले न्याय दिएको छ ।’अन्नपूर्णपोष्ट


  •  
  •  
  •