आठ वर्षीया बालिका बलात्कृत, पाँच दिनपछि उजुरी

832
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : आठ वर्षीया बालिका बलात्कृत भएको पाँच दिनपछि अभिभावकले आइतबार प्रहरीमा उजुरी गरेका छन्। प्रहरीले उजुरीको आधारमा बालाजु शान्तिटोलमा बस्ने ती बालिकालाई बलात्कार गरेको आरोपमासोही ठाउँका सोही ठाउँका एक युवालाई पक्राउ गरेको छ।

गत फागुन २२ गते बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरका ३५ वर्षीय राजकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका परिवारले आइतबार मात्रै मौखिक उजुरी गरेपछि लामालाई पक्राउ गरेर थुनामा राखेको प्रहरीले जनाएको छ।

बलात्कारमा परेकी बालिकालाई उपचारपछि परिवारले आइतबार नैै घर लगेको छ। राजकुमार लामालाई जबरजस्ती करणीको आरोप लागेकाले आज मुद्दा दर्ता गर्ने महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वराज खड्काले जानकारी दिए।

बालिकाले प्रहरी समक्ष बयान दिने क्रममा उनले भनिन्,‘राजकुमार दाईले मलाई ललाई फकाई जबरजस्ती गरेका हुन्’
प्रहरीले उक्त बयान पछि मुद्दा दर्ता गरी अावश्यक कारबाही प्रकृया अगाडि बढाएको छ।


  •  
  •  
  •