चार वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

104
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २९ भदौ : सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे–६ रातमाटेकी चार वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा सोही गाउँका कक्षा ९ मा अध्ययनरत १६ वर्षीय टीकाराम गिरीलाई मेलम्ची इलाका प्रहरीले पक्राउ गरेकोे छ ।

उक्त घटना भदौ २२ गते भएको थियो । बलात्कृत बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि अभियुक्तमाथि जबर्जस्ती करणीको अभियोगमा थप अनुसन्धान प्रक्रिया बढाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।


  •  
  •  
  •