काठमाडौं, ६ साउन (ओएनएस) मधेशी जनअधिकार फोरम नेपालका नेतृ रेणू यादव फोरम नेपाल परित्याग गरेर एमाओवादीमा प्रवेश गर्ने तयारीमा लागेकी छन् । अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध चिसिएका कारण उनी फोरम नेपाल परित्याग गरी एमाओवादीमा प्रवेश गर्ने तयारी गरेकी हुन् ।
फोरम उच्च स्रोतका अनुसार केही दिन अधि पार्टी कार्यलयमा सभासद शिवजी यादवसंग गालीगलौच भए देखि नै नेतृ यादव अध्यक्ष उपेन्द्र यादव संग असन्तुष्ट थिइन् । त्यस लगत्तै उनी राजविराज गएर त्यही बस्न थालेकी थिईन । उक्त घटना पश्चात पार्टीको खासै सम्पर्कमा नरहेकी उनी एमाओवादी सप्तरीका नेता उमेश यादव मार्फत एमाओवादी नेतृत्व संग कुराकानी अघि बढाएकी छन् ।
फोरमका नेताहरुले अहिले सम्म स्वतन्त्र रुपमा यसलाई पुष्टि नगरेपनि उनी निकटस्त केही नेताहरुले रेणू यादव र एमाओवादी विच भईरहेको कुराकानीलाई पुष्टि गरेका छन । ‘केही सयमदेखि उहाँ पार्टीको सम्पर्कमा हुनुहुन्न, नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने,‘अहिले त पार्टी नै परित्याग गर्ने सम्मको हल्ला सुनेको छु ।’
दोस्रो संविधानसभाको समानुपातिक छनौटमा अध्यक्ष यादवको तर्फ वाट रेणूले नै आर्थिक डिल गरेपछि उनी उपेन्द्र यादव निकटस्तहरुकै निशानामा परेका थिए । पार्टीमा उनी माथि अध्यक्ष उपेन्द्र यादवमागि अत्यधिक हावी भएको आरोप लागदै आएको छ ।
त्यही क्रममा केही समय पहिला सभासद शिवजी यादवसंग भएको डिल अनुसार बाँकि रकम असुल गर्ने क्रममा उनीहरु दुवै जना विच पार्टी कार्यलयमै गालीगलौच भएको थियो । पछि शिवजी यादवले अनौपचारिक रुपमा गल्ती भएको स्विकार गरेका थिए । शिवजी यादवलाई पाटीृले सात महिनाका लागी निलम्बन गरेका छन । तर उक्त घटनामा नराम्ररी मुछिए पछि रेणू यादव अध्यक्ष उपेन्द्र यादवसंग पनि रिसाएर काठमाडौ वाट राजविराज गएर बस्न थालेका थिए ।
फोरम नेपाल स्रोतका अनुसार उनी केही दिनभित्रै एमाओवादीमा प्रवेश गर्ने तयारीमा जुटेकी छिन । फोरम नेपाल भित्र तीव्र विवादमा तानिए पछि उनी राजनिती रुपमा आफु लाई सुरक्षित राख्नका लागी त्यस्तो निर्णयमा पुगेको हुन सक्ने नेताहरुले बताएका छन । तर उपेन्द्र यादवको अत्यन्तै निकट पात्र भएकी कारण उनी पार्टी परित्याग गर्न लागेको कुरा सुन्दा पार्टीकै नेताहरु जिल्ल परेका छन । यस विषमया जानकारी लिन नेतृ यादवसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।