रिम्पोछेको अन्त्येष्टि गरियो

184
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस): बौद्ध धर्मगुरु श्यामार्पा रिम्पोछेको काठमाडौंको रानीवनस्थित स्यारभन गुम्बामा बिहीवार अन्तेष्टि गरिएको छ ।  १४ औं दिवंगत धर्मगुरु रिम्पोछेको शवलाई अन्तिम श्रद्धाञ्जली दिएपछि बिहीवार मध्यान्ह गुम्वा परिसर मै अग्निदाह गरिएको छ ।  उनको पार्थिक शरीरमा भारतबाट आएका कर्माचा थाई लोर्जेले आगो लगाएका हुन् ।

रिम्पोछेको पार्थिव शरीरमा सरकारकातर्फबाट सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले खादा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । रिम्पोछेको अन्त्येष्टिका क्रममा रानीवनमा उपस्थित उनका हजारौं अनुयायी भावविह्वल भएका थिए ।

स्वदेश तथा विदेशबाट आएका भक्तजन तथा सर्वसाधारणले रिम्पोछेको पार्थिक शरीरको दर्शन गरेका थिए ।

rempoche
तस्वीर सौजन्य, गोपाल दहित

  •  
  •  
  •