किशोरको टाउकोमा छिर्यो डेढ फिट लामो पाइप, निकाल्न काटियो टाउकोको हड्डी

134
  •  
  •  
  •  

pipe-on-headकाठमाडौ, २८ पुस(एजेन्सी) : राजस्थानको खाराबेरामा आइतबार १८ वर्षीय किशोर अरविन्द सिंह खेल्दै गर्दा लडेपछि टाउकोमा करिब डेढ फिट लामो रड घुसेको छ । पाइप मष्तिष्कको सबैभन्दा महत्वपूर्ण भाग भेन्ट्रिकल्ससम्म पाँच इन्च भित्रसम्म पुगेको थियो । यसले गर्दा मष्तिष्कको भागमा चोट लागेको छ ।

किशोरलाई बेहोशी अवस्थामा एमडीएम अस्पताल लगिएको थियो । करीब साढे दुई घण्टा शल्यक्रिया गरेपछि पाइप निकाल्न अस्पतालका चिकित्सक सफल भएका थिए । ११ मा पढ्दै गरेका छात्र अरबिन्दको शल्यक्रिया आईसियूको भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था स्थिर भएको अस्पतालले जनाएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । अरबिन्दका पिता हरिसिंह पिएचईडीमा काम गर्छन् । न्युरोसर्जरी विभागका अध्यक्ष डा. सुनिल गर्गको निर्देशनमा करिब साढे २ घण्टाको लामो शल्यक्रियापछि पाइप निकालिएको हो । पहिले टाउको बाहिर रहेको पाइपको भागलाई काटिएको थियो र पछि भित्रको भागगगलाई निकालिएको थियो । उक्त अस्पतालमा यस्तो शल्यक्रिया पहिलो पटक गरिएको बताइएको छ ।

pipe-on-head1दिउसो करिब साढे ३ बजेतिर अरबिन्द आफ्ना साथीहरूसँग खेलिरहेका थिए । यस्तैमा, अचानक डेढ फिट लामो पाइपको टुक्रा टाउकोमा घुसेको थियो । पाइप उनको टाउकोको बायाँ भागलाई चिर्दै भित्र छिरेको थियो । पाइप अरबिन्दको बायाँ भागबाट घुसेको थियो । पाइप घुसेपछि उनी कराएका थिए र सोही समयमा अरबिन्द बेहोस समेत भए । करीब पाँच बजे उनका परिवार उनलाई लिएर अस्पताल पुर्याए र अस्पताल प्रशासनले उनको शल्यक्रिया गरेर उनलाई सफल भएका थिए ।

चिकित्सकहरूले पहिले टाउकोभन्दा बाहिर रहेको पाइप काटेका थिए । बिस्तारै मष्तिष्कको प्रमुख भागलाई बचाउँदै टाउको माथीको भागबाट पाइपको टुक्रा निकालेका थिए ।


  •  
  •  
  •