बेष्ट रेमिटको रिलायवल र झिम्रुकविच रेमिट सम्झौता

170
  •  
  •  
  •  

काठमाडौं, १९ कात्तिक (ओएनएस) : रिलायवल डेभलपमेन्ट बैंक र झिमु्रक डेभलपमेन्ट बैंकसँग वेष्ट रेमिटको रेमिट्यान्स भुक्तानी सम्वन्धि सम्झैता भएको छ ।

सम्झौतापत्रमा रिलायवल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र झिम्रुक बैंकका प्रमुख कार्यकारी अधिकृत मदनबहादुर केसीसँग वेष्ट रेमिटका प्रमुख सञ्चालन अधिकृत अनिलकुमार कर्णले हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वका विभिन्न देशबाट वेष्ट रेमिटमार्फत पठाएको रकम रिलायवल र झिम्रुकको शाखाबाट भुक्ताील गर्न सकिन्छ ।

हाल देशभर रिलायवलको १५ र झिम्रुकका ५ शाखा छन् ।


  •  
  •  
  •