ओली र गौतमको दुरी बढदै

342
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, २७ साउन (ओएनएस) : नेकपा एमालेको नवौं महाधिवेशनपछि बसेको दोसो केन्द्रीय समितिको बैठकले बराबर मत ल्याउन चार जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गर्यो । अध्यक्ष केपी ओलीले नै चारै जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गर्दा ओली निकट भनेर चिनिने उपाध्यक्ष बामदेव गौतमले सबैभन्दा बढी विरोध गरे ।

गौतमले पार्टीमा हुँदै नभएको पद्धति भन्दै चारै जनालाई केन्द्रीय सदस्य बनाउन विधान संशोधन गर्नुपर्ने भन्दै उक्त निर्णयको चर्को विरोध गरे । गौतमले चारजना मध्ये गोलाप्रथााट दुईजनालाई मात्र केन्द्रीय सदस्य बनाउने पर्ने अडान राखेका थिए । गौतमको विरोका बावजुद चारै जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव भने पारित भएको छ ।

महाविधेशन सम्पन्न भएलगत्तै ओलीले आफ्नो उपस्थितिमा केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने अधिकार उपाध्यक्ष गौतमलाई दिएका थिए । सोही अधिकार अनुसार गौतमले मंगलवार पनि शपथ ग्रहण गर्न छुटेका चार जना केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराए ।

महाधिवेशनमा अध्यक्ष र संसदीय दलको निर्वाचनमा दलको नेता बनाउन गौतमले निर्णायक भुमिका निर्वाह गरेका थिए । गौतमकै सहयोगमा ओली संसदीय दलको नेता र अध्यक्ष बन्न सफल पनि भए ।

तर, महाधिवेशन समाप्तीसँगै ओली र गौतमबीचको सम्बन्धमा भने चिसोपना बढेको छ ।

मंगलवार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउन सक्नेसम्मको अधिकार दिएका गौतमलाई छोडेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने अधिकार भने अर्का उपाध्यक्ष भीम रावललाई दिएका छन् । ‘अध्यक्षकोतर्फबाट प्रतिवेदन प्रस्तुत गर्ने अधिकार रावलजीलाई दिएपछि अध्यक्षको उत्तराधिकारी पनि अब रावलजी नै हो, नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने,‘ओलीजी अहिले सबैको नेता बन्ने प्रयासमा लाग्नु भएको भान पर्न थालेको छ ।’

अध्यक्ष ओलीले मंगलवार विहान मात्रै नेता माधव नेपाल निवास पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । पार्टीमा कुनै गुठ उपगुठ रहन नदिने भन्दै ओलीले सहयोगको याचना गरेका थिए । जवाफमा नेपालले सहयोगको आश्वासन दिएका थिए ।

नेता नेपालको विश्वास जित्नसमेत ओलीले आफ्नोतर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मा नेपाल निकत मानिने उपाध्यक्ष भीम रावललाई दिएको नेपाल निकट नेताहरुको बुझाई रहेको छ ।

केही दिन अगाडि अध्यक्ष ओलीको निवासमा बसेको पदाधिकारी बैठकमासमेत ओली र गौतमबीच भनाभन भएको थियो । अध्यक्ष ओलीले प्रहरी कारवाहीमा मारिएका भनिएका गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ को पक्षमा भनाई राखेपछि गृहमन्त्रीसमेत रहेका गौतमले कडा जवाफ दिएका थिए । गौतमले पार्टी संचालन गर्न डनको आवश्यकता नपर्ने भन्दै चर्चित डनको नाम लिँदै कसैलाई पनि नछोड्ने चेतानवी दिएका थिए । तर, आजको बैठकमा भने चरीको विषयमा कुनै कुरा नै नउठेको केन्द्रीय सदस्य पशुपति चौलागाईले जानकारी दिए ।

यो पनि पढ्नुस

ओली र गौतमबीच चर्काचर्की


  •  
  •  
  •