राखेकै ठाउँमा सड्यो राहत सामग्री

258
  •  
  •  
  •  

विराटनगर, २८ पुस(ओएनएस) : गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित बनेकाहरू राहत सामग्री नपाएका कारण अझै कष्कटर जीवन बिताउन बाध्य छन् । तर, तिनै पीडितको नाममा संकलन गरिएको राहत सामग्री समयमा नै वितरण नहुँदा सड्न थालेका छन् ।

एकातिर राहत सामग्री नपाएर भूकम्प पीडितहरु कष्टकर जीवन बिताउन बाध्यछन् भने अर्कोतर्फ तिनै पिडितकालागि दाताले दिएको राहत सामग्री राखेकै ठाउँमा सडन थालेका छन् । विनाशकारी भूकम्प प्रभावितहरूका नाममा संकलन गरिएको राहत सामाग्री वितरण नहुँदा सडन थालेको हो ।

Relief materialsजिल्ला प्रशासन कार्यालय मोरङमार्फत संकलन भएको ठुलो परिमाणको राहत सामाग्री भूकम्प पीडितको हातमा नपुगी राखेकै ठाउँमा सडन थालेको हो । विभिन्न दाताहरुले पीडितकालागि भन्दै जिल्ला प्रशासनलाई दिएको चामल, चाउचाउ, भुजा, चिउरा गहुको पिठोलगायतका खाद्यन्न सामग्री सड्न थालेका हो ।

संकलन गरिएका राहत सामग्रीमध्ये चिउरा र भुजा प्रयोग गर्न नमिल्ने अवस्थामा छन् भने गहुँको पिठोमा चिलेसा र घुन लागेका छन् ।
अव्यवस्थित तरिकाले त्रिपालमा छोपेर राखिएको खाद्यान्न कुहिएर नष्ट हुन थालेको हो । सर्वसाधरणले आफ्नो छाक काटेर भूकम्प पीडितकालागि वितरण गर्न जिल्ला दैवी प्रकोप उद्दार समिति मार्फत राहत सामाग्री संकलन गरिएको थियो । तर, भूकम्प गएको ८ महिना पुग्दापनि प्रभावितको हातमा नपुगी राखेकै स्थानमा कुहिन थालेको हो ।

दाताहरू मार्फत संकलन भएको राहत सामग्री जिल्ला प्रशासन कार्यलयको समिक्षा हलमा राखिएको छ । गत बैशाख र जेठमा संकलन भएको राहत सामग्री समयमा नै प्रभावित क्षेत्रमा नपठाउँदा सड्न थालेका हुन् । पीडितकालागि संकलन गरिएको ठूलो परिमाणको राहत सामग्री प्रभावित क्षेत्रमा नपठाएका कारण सडन थालेको हो ।

राहत सामग्री सड्न थालेपछि मात्र प्रशासनले बाड्ने तयारी गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले गत बैशाखमा गएको भूकम्प प्रभावितलाई पठाउन संकलन भएको राहत सामग्री बाड्ने तयारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

भूकम्प प्रभावितलाई नपठाई राखिएकामध्ये नसडेका राहत सामाग्री अनाथाश्रम र बृद्ध आश्रममा वितरण गरिने छ । अधिकारीले सडेका खाद्यन्य नष्टगरी प्रयोग गर्न मिल्ने खाद्यान्य अनाथालय र बृद्धाश्रमहरुलाई वितरण गर्ने तयारी भएको बताएका हुन् । संकलन भएका बेला प्रभावित जिल्लाहरुले नपठाउनु भनेका कारण सहयोग सामग्री प्रशासनमै राखिएको उनले बताए । भण्डारण गर्ने गोदाम नभएका कारण संकलन गरिएका केही सामाग्री सडेको उनले बताए । उनले भने, ‘सडेका सामग्री नष्ट गर्छौ । प्रयोग गर्न मिल्ने वितरण गर्छौ ।’


  •  
  •  
  •