राहत गोदाममै थन्कियो, बाढीपीडितलाई चाउचाउ चिउरा पाउन मुश्किल

229
  •  
  •  
  •  

godam
धनगढी ३ भदौ : (अाेएनएस) : कैलालीका बाढीपीडितका लागि विभिन्न निकायले संकलन गरि बुझाएको खाद्य सामाग्री भजनी नगरपालिकाको गोदामा थन्किएको छ ।

बाढी आएपछि दैनिक रुपमा विभिन्न संघसस्थाहरुले संकलन गरि बुझाएको चामल दाल लगायतका खाद्य सामाग्री गोदाममै थन्किएको हो । तादाहरुको सहयाेगमा बाढीपीडितलाई दिनका लागि प्रभावित क्षेत्रमा पुर्याइएपनि निकै कम मात्रै बाँडेर धेरै जसो खाद्य सामाग्री गोदाममा थन्काएर राखिएको छ ।

विस्थापित पीडितहरुले भने राहतको नाममा चाउचाउ र चिउरा सिवाय अरु नपाएको गुनासाे गरेका छन् । उनीहरुले राहत वितरणमा पनि अनियमितता भएको भन्दै कसैलाई एकचोटी पनि नदिएको र कसैलाई धेरै पटक दिएको वताएका छन् । लगिएको राहत सामाग्री भजनी नगरपालिकालाई जानकारी दिएर रेडक्रस उपशाखाले भनेको स्थानमा गोदाम वनाएर राखिएको छ ।

दैनिक जाने राहत सामाग्रीहरु चामल दाल पानी लगायतका सवै सामाग्रीहरुले गोदाम भरिभराउ भएपनि पीडितहरुसम्म भने पुग्न सकेको छैन ।

वाढी आएको एक सातासुरक्षित स्थानमा राखेर चाउचाउ र चिउरा लगायतका सामाग्रीहरु वितरण गरिएपनि त्यसपछिका अन्य राहत सामाग्रीहरु आफुहरु नपुगेको भजनीको कृष्णनगरकी झरना जैसीले बताए । राहत सामाग्रीहरु नगरपालिका र रेडक्रसको रोहवरमा मात्रै त्यो पनि उनीहरुले भनेको ठाउँमा वाड्न पाईन्छ । झन्झटिलो प्रक्रिया र धेरै समय लाग्ने भएका कारण राहत लगेर गएकाहरुले नगरपालिका र रेडक्रसलाई वितरणको जिम्मा दिएर फर्किने गरेका छन ।

कतिपय ठाउँहरुमा खानाका लागि मेस सञ्चालन गरिएको भएपनि पर्याप्त चामल र दाल तेलको अभाव भएको छ । तर पनि धेरै ठाउँका विस्थापितहरुको अझैसम्म सडकमै वास छ । पीडितहरुले राहत वितरणमा अनियमितता भएको, केही ठाउँमा दोहोराएर तेहेराएर वाडेको र आफ्ना वस्तीहरुमा प्रारम्भीक राहतपछि केही पनि नदिएको कृष्णपुरकी पार्वती शाहले आरोप लगाइन् । लगिएको राहत गोदाम घरमा थन्काईएको र त्यहाँबाट त्यो राहत बोकेर प्रभावित क्षेत्रमा पुगाउन सवारी साधनकै बयवस्था नभएकाले पनि समस्या देखिएको छ । केही स्थानमा राती राती राहत बाँडेको आरोप समेत विस्थापितहरुको छ ।


  •  
  •  
  •