प्रचार गर्दै ‘आवरण’ टोली

609
  •  
  •  
  •  

सन्दिप भट्ट
चितवन, १६ वैशाख (ओएनएस) : आगामी जेठ २ गते रिलिजको तयारीमा रहेको फिल्म ‘आवरण’ को प्रचारप्रसारको लागि फिल्मका निर्देशक सहितको टोली चितवन आएको छ ।  
टोलीले सोमबार चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरि फिल्मको बारेमा जानकारी दिदै फिल्मको सीडी, पोस्टर तथा टि–सर्ट वितरण गरेको छ । फिल्मका निर्देशक सुवास कोइराला, नायिका प्रियंका कार्की, निर्माता रोजन श्रेष्ठ लगायतको टोली नारायणगढपछि बुटवल, धरान र पोखरासम्म पुग्नेछ । 
चार दिने प्रचारप्रसार केन्द्रित यात्राबाट फिल्मको बारेमा दर्शकमाझ अझ धेरै जानकारी पुग्ने निर्देशक सुवास कोइरालाले बताए । यसअघि फिल्मको ट्रेलर तथा गीतहरु सार्वजनिक गरिसकेको फिल्मको नयाँ ट्रेलर रिलिजको तयारीमा छ । 
केही साता पहिले सार्वजनिक भएको नायिका प्रियंका र र्यापर यम बुद्धको फिचरिङ रहेको गीतले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । पछिल्लो समय फिल्मको पब्लिसिटी नगरी राम्रो नतिजा नपाउने देखेपछि आवरण टोली पनि यस अभियानमा लागेको हो । 
यसअघि पनि फिल्म युनिटले बागमति सरसफाई गर्दै फिल्मको प्रचार गरेका थिए । सुबास कोइराला निर्देशित फिल्ममा अनिल योञ्जनसंगै लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुक्त लगानी छ । फिल्ममा प्रियंका कार्की, नरेश पौड्याल, दिव्य देव, सुशीलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।

  •  
  •  
  •